• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पलाई कारखानामा लागेको आगो निभाउन गएका २ जना घाइते, १ करोड ८० लाख बराबरको क्षति

    1.8K
    SHARES



    काठमाण्डौ । भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । ज्योति पलाई कार्पेट कारखानामा भएको आगलागिहुँदा कामदार २९ वर्षीय मनु उर्बा र रामेछापका २३ वर्षीय बुद्धनारायण श्रेष्ठ घाइते भएका हुन् ।

    सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा भएको आगो निभाउने क्रममा कामदार भारतको बङ्गाल घर भएका २९ वर्षका मनु उर्वा र कारखाना नजिकै बस्ने रामेछापको लिखु तामाकोशी-६ घर भएका २३ वर्षका बुद्धनारायण श्रेष्ठ घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    घाइते मनु उर्वालाई ईवामुरा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरको जलन उपचार अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । बुद्धनारायणको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ