• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पाँच वर्षपछि युरोप भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङ

    2K
    SHARES



    काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ पाँच वर्षपछि युरोप भ्रमणमा पुगेका छन् । राजकीय भ्रमणमा उनी फ्रान्स पुगेका हुन् ।

    यस भ्रमणका क्रममा उनी फ्रान्सपछि सर्बिया र हङ्गेरी पनि जाने छन् । यस अघि सी सन् २०१९ मा इटलीको भ्रमणका क्रममा युरोप पुगेका थिए ।

    युरोपसँग सम्बन्ध चिसिइरहेको बेलामा उनी फ्रान्स पुगेका छन् । यस्तोमा सीले पछिल्लो पटक जस्तै न्यानो स्वागत नपाउने अड्कलबाजी चलिरहेको छ । केही हप्तायता युरोपेली संघले चिनियाँ विन्ड टर्बाइनमाथि व्यापार छानबिन सुरु गरेको छ, भने मेडिकल उपकरण खरिदलाई पनि अनुसन्धानको घेरामा राखेको छ । अनुदान प्रकरणमा छानबिन गर्ने क्रममा अधिकारीहरूले चिनियाँ सुरक्षा उपकरण निर्माता कम्पनी नक्टेकको कार्यालयहरूमा छापा मारेका थिए ।

    चीनका लागि जासुसी गरेको वा चीनसँगसम्बन्धित अपराधमा मुछिएको भन्दै जर्मनी र बेलायतले हालैका दिनमा कम्तीमा ६ जनालाई पक्राउ गरेको वा अभियोग चलाएको छ ।

    मार्चमा इटली चीनको बेल्ट एन्ड रोड इनिसिएटीभबाट औपचारिक रूपमै बाहिरिएको थियो । युक्रेनी युद्ध जारी रहँदा रुससँगको सम्बन्धलाई लिएर पनि युरोपेली देशहरूले चीनसँग दूरी बनाइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ