• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनकपुरको होटलमा मृत भेटिए २५ वर्षीय यादव

    319
    SHARES



    काठमाडौँ। जनकपुरको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत भेटिएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव मृत भेटिएका हुन् ।

    होटलको कोठा नं. २०४ मा झुन्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    उनका अनुसार बेलुका ७ बजे युवक कोठा बुक गरेका थिए भने राति ११ बजे ढोका खुल्लै छोडेर कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया