• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    सूर्यग्रहणका कारण बढ्नेछ सडक दुर्घटना, वैज्ञानिकको अनौठो चेतावनी !

    3.6K
    SHARES



    आगामी अप्रिल ८ मा अमेरिकाको अधिकांश हिस्साबाट खग्रास सूर्यग्रहण देखिनेछ । सूर्य ग्रहण बर्सेनि हुने हुने खगोलीय घटनाक्रम हो । तर, यसपटकको सूर्यग्रहणलाई लिएर भने वैज्ञानिकहरुले अनौठो खालको चेतानवी जारी गरेका छन् ।

    आमरुपमा ग्रहणलाई नांगो आँखाले हेर्नु हानिकारक मानिन्छ । तर यो पटकको सूर्यग्रहणको प्रभाव भने त्यत्तिमा सीमित हुनेवाला छैन । किनकि अप्रिल ८ मा हुने खग्रास सूर्यग्रहणले सवारी दुर्घटनाहरु समेत निम्त्याउने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

    यसअघि अमेरिकामा सन् २०१७ मा खग्रास सूर्यग्रहण भएको थियो । त्यसलाई ग्रेट अमेरिकन एक्लिप्स अफ २०१७ भनिन्छ । त्यसदिन पनि दिउँसोको समयमा केही समयका लागि सडक दुर्घटनामा तीव्र रुपमा वृद्धि भएको थियो । सोही घटनालाई आधार मान्दै वैज्ञानिकहरुले यो पटकको खग्रास सूर्यग्रहणका बेला पनि सडक दुर्घटना बढ्ने आँकलन गरेका छन् । यस सम्बन्धी रिपोर्ट JAMA Internal Medicine जर्नलमा छापिएको छ ।

    टोरेन्टो विश्वविद्यालयका चिकित्साशास्त्रका प्राध्यापक तथा उक्त रिपोर्टका सहलेखक डाक्टर डोनाल्ड रिडेलमियरका अनुसार खग्रास सूर्यग्रहणको एक घण्टाका दौरान दिनको समयमा अचानक सूर्यको प्रकाश कम हुँदा वा अचानक अँध्यारो हुनाले सडक दुर्घटना हुने होइन ।

    दुर्घटना त्यसको अगाडि वा पछिका घण्टाहरुमा हुन्छन् ।

    पाथ अफ टोटालिटीमा हुन्छन् दुर्घटना

    डाक्टर रिडेलमियरका अनुसार आमरुपमा सूर्यग्रहण पछिको समयमा अधिकांश सडक दुर्घटना हुने गरेको देखिन्छ । सन् २०१७ मा सूर्यको पाथ अफ टोटालिटी अर्थात् ग्रहणका बेला अँध्यारो हुने जमिनकेा हिस्सा ११३ किलोमिटर चौडा थियो । सो क्षेत्रको मध्य भागमा रहेका मानिसहरुले सबैभन्दा लामो समयसम्म अँध्यारोको सामना गर्नुपरेको थियो ।

    करिब २ करोड अमेरिकीहरुले पाथ अफ टोटालिटी देखेका थिए । आगामी अप्रिल ८ मा पाट अफ टोटालिटी साढे २ देखि चार मिनेटसम्म देखिनेछ । यो त्यसको स्थानमा निर्भर गर्दछ । त्यसको सीमाभन्दा बाहिरका मानिसले खग्रास सूर्यग्रहण देख्न पाउनेछैनन् ।

    सूर्यग्रहणपछि दुर्घटनामा वृद्धि

    डाक्टर रिडेलमियर तथा उनका सहकर्मी डाक्टर जोन स्टेपल्सले सन् २०१७ मा सूर्यग्रहणभन्दा अगाडि र त्यसपछिको समयमा भएका सडक दुर्घटनाहरुको अध्ययन गरे । केवल त्यतिमात्र होइन उनीहरुले सूर्यग्रहणको तीन दिनअघि र ३ दिनपछिको तथ्यांक पनि संकलन गरे । त्यसबाट खग्रास सूर्यग्रहणका कारण सडक दुर्घटनामा ३१ प्रतिशतले वृद्धि हुने गरेको देखियो । प्रकाशमा अचानक हुने पपरिवर्तन पनि दुर्घटनाको कारणको रुपमा रहेको छ।

    सन् २०१७ मा सूर्यग्रहणपछि हरेक घण्टा १०.३ जना मानिस सडक दुर्घटनामा परेका थिए । जबकि सूर्यग्रहणभन्दा अगाडि भने प्रतिघण्टा ७.९ जना मानिस सडक दुर्घटनाको सिकार भएका थिए। अर्थात् सूर्यग्रहणपछि हरेक २५ मिनेटमा एउटा सडक दुर्घटना भएको थियो । जबकि हरेक ९५ मिनेटमा एउटा अत्यन्तै घातक अतिरिक्त दुर्घटना भएको थियो ।

    दुर्घटनाको एउटा ठूलो कारणचाहिं मानिसहरु ठाउँठाउँमा जम्मा भएर सूर्यग्रहण हेर्नु पनि थियो । त्यसका कारण सडकमा ट्राफिक जाम समेत भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ