गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल पनि बगाएको छ ।
आज बिहान आएको बाढीले गोरखा र धादिङ जोडने आरूघाटको पुल बगाएको हो । आरूघाटका केही घरमा समेत बाढी पसेको छ ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको छ ।
बाढीले भीमसेन गाउँपालिका– २,३,४ आरुघाट गाउँपालिका र धर्चे गाउँपालिकाका सम्पूर्ण क्षेत्र र गंगा जमुना गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिका धादिङका केही क्षेत्रहरूमा विद्युत लाइन अवरुद्ध रहेको छ ।
प्रतिक्रिया