• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    मिलन लिम्बुलाई इलाम-२ बाट उम्मेदवार तोक्ने रास्वपाको तयारी

    1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम- २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ ।

    स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिएका छन् ।

    लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समेत हुन् ।

    तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ । ‘कुन पार्टीको के भनेर आवद्धता हेरिन्न् । रास्वपासँग जोडिएर उम्मेदवार हुन इच्छुक व्यक्तिको विगत विवादित हुनु भएन’ रास्वपाका उच्च तहका एक नेताले भने, ‘अनियमितता र विवादमा नरहेको देखिए उहाँ उम्मेदवार हुने सम्भावना बढी छ ।’

    रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ । त्यसअघि उपसभापति डा. स्वर्णिम वाग्ले १५ चैतमा इलाम जाँदैछन् । उनले उम्मेदवार आकांक्षीहरुबीच छलफल गराएर योग्यलाई चयन गर्ने बताए ।

    ‘१५ गते म इलाम जाँदैछु, उम्मेदवारमा आकांक्षा गर्ने अरु पनि हुनुहुन्छ, पार्टीले आकांक्षीबीच छलफल गराएर योग्य उम्मेदवार चयन गर्छ’, वाग्लेले भने । रास्वपाले उम्मेदवार हुन इच्छुकले बुधबारसम्म निवेदन दिन सक्ने समय अवधि तोकेको छ । तर, लिम्बुले रास्वपाले बनाएको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता नगर्ने बताएका छन् ।

    ‘म स्वतन्त्र रुपमा उम्मेदवार घोषणा गरेर प्रचारमा लागिरहेको छु । उहाँहरुले बनाएको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने कुरा भएन’ लिम्बुले भने, ‘उहाँहरुसँग कुरा भइरहेको छ । निर्णय हुने गरी भने भएको छैन ।’

    रास्वपाले प्राइमरीमार्फत उम्मेदवार चयन गर्ने भने पनि कूल मतदाताको एक प्रतिशत पार्टी सदस्य नरहेकाले ‘प्राइमरी इलेक्सन’ गर्न नसकिएको बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ