• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको रोमाञ्चक जित

    1.3K
    SHARES



    काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । शनिबार काठमाडौँमा भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो ।

    कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हारेको छ ।  वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो ।

    अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो । उक्त ओभर गर्न ओशान थोमस आएका थिए । उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए ।

    यस्तै दोस्रो बलमा प्रतिश जीसीले पुन: १ रन लिए । तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया