• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News समाचार

    होलीमा जथाभावी रङ्ग दल्ने २ सय ७७ जना पक्राउ

    1.6K
    SHARES



    काठमाण्डौ। प्रहरीले होली पर्व मनाउने क्रममा हिजाे जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २ सय ७७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा २ सय ६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

    उनले भने, ‘कानुन विपरीत काम गर्ने २ सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।’

    यसैगरी, जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले हिजाे ६ सय ६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये चारपाङ्ग्रे ६ सय ४९ तथा २ पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

    जाँडरक्सी खाएर गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई माेटरसाइकल, स्कुटर चलाउनेलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ