• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    सुर्खेतका एक युवक सांघुरे खोलामा मृत भेटिए

    737
    SHARES



    काठमाडौँ। कैलालीमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

    मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

    उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी बरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इप्रका लम्कीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया