• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कांग्रेसले संसद्मा रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समिति नबनेसम्म संसद् बैठक चल्न नदिने

    382
    SHARES



    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकले आउँदो वैशाख २८ गतेबाट सुरु हुने सदनको बजेट अधिवेशनमा लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

    बैठकमा सहभागी एक पदाधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति समेत रहेका गृहमन्त्री लामिछानेलाई आफ्नो कुरा राख्न दिने पक्षमा कांग्रेस पुगेको हो । 

    कांग्रेस लोकतान्त्रिक दल भएकाले कसैको बोल्न पाउने अधिकार कुण्ठित नगर्ने विषयमा छलफल भएको हो । तर, गृहमन्त्री लामिछानेले संसदमा बोलेपनि संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक भने चल्न नदिने कांग्रेसको तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ