• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार

हाइटेन्सन लाइनको तार खसेर एकै परिवारका ३ जनाको मृत्यु

4.3K
SHARES



काठमाडौँ। दाङमा विद्युतको हाइटेन्सन लाइनको तार चुँडिएर शरीरमा खसेपछि एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका-३ का ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र उनीहरूका ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भएको थियो । घाइते गोरखबहादुरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको आफन्तले जानकारी दिएको प्रहरी निरीक्षक सिंहले बताएका छन् ।

शनिबार दिउँसो सवा २ बजेतिर घर अगाडिको विद्युतको हाइटेन्सन लाइन एकाएक चुँडिएर आँगनमा खस्दा हजुर आमा, नाति र हजुर बुवाको शरीरमा परेपछि उनीहरूलाई एकैसाथ करेन्ट लागेको थियो ।

‘घर बाहिरबाट आँगनमा आइरहेका तीन जनामाथि एकाएक चुँडिएको विद्युतको हाइटेन्सन लाइनको तार खसेर करेन्ट लागेको रहेछ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘त्यसले हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भयो भने हजुर बुवाको बुटवलमा भर्खरै मृत्यु भएको खबर आएको छ ।’

दाङमा शनिबार केही तीव्र बेगको हावा चलेको भए पनि त्यसको असरले भन्दा पनि प्राविधिक त्रुटिले हाइटेन्सन लाइनको तार एकाएक चुँडिन पुगी मानवीय क्षति भएको घटनास्थल पुगेका विद्युतका एक कर्मचारीले बताए ।

करेन्ट लागेर मृत्यु भएकामध्ये २ जनाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ भने गोरखबहादुरको शव बुटवलबाट दाङतर्फ लगिदै छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ