• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    साँफेबगर नगरप्रमुखको भत्ताबाट टुहुरा बालबालिकालाई दशैँ खर्च

    3.3K
    SHARES



    अछाम । साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दशैँ खर्च उपलब्ध गराएका छन्‌ । नगरपालिकाका १४ वडाका टुहुरा बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दशैँ खर्च उपलब्ध गराएका हुन्‌ ।

    नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन्‌ । एक जनालाई २ हजार ५०० का दरले रकम उपलब्ध गराइएको नगरप्रमुख कुँवरले बताए ।

    नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दशैँ मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ । त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया