• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन- माधव नेपाल

    1.2K
    SHARES



    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले पदलाई महत्व नदिएकाले अर्को गठबन्धन बन्न नपाएको बताएका छन् ।

    शनिबार काभ्रेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पदलाई महत्व नदिएकै कारण पार्टी अहिलेको सत्ता गठबन्धन र सरकारमा सहभागी भएको बताए ।

    ‘यो सरकारमा सहभागी भएर जाने कुरामा झण्डै झण्डै दुर्घटना भइसकेको थियो । दुर्घटना के भइसकेको थियो भन्दाखेरि हामीलाई अलिक समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ कि भन्ने पनि आइसकेको थियो’, उनले भने ।

    तर जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भनेर नलाग्दा यो सरकारमा सहभागी भएको बताए ।

    ‘हामीले पदलाई महत्व दिएनौं, जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । जसरी पनि यो देशमा विकास निर्माणको काम अगाडि बढ्नुपर्छ, सुशासन कायम हुनुपर्छ’, अध्यक्ष नेपालले भने, ‘त्यसका निम्ति परिवर्तनकारी शक्तिहरु, समाजवादी शक्तिहरु मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेका छौं ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ