• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्री हुनकै लागि नयाँ सत्ता समीकरण बनाएको होइन- केपी शर्मा ओली

    2K
    SHARES



    काठमाण्डाै। सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताएका छन् ।

    आज बुधवार प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आफू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १५/१५ महिनाका लागि बाँडफाँट गरेको समाचार आएकोमा आपत्ति जनाउँदै आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नरहेको बताएका हुन् । देश र नागरिकका लागि केही गराैँ भनेर आफूहरूले नयाँ सत्ता समीकरण बनाएकाे पनि उनले बताए ।

    उनले भने, ‘प्रधानमन्त्री हुनकै लागि हामीले नयाँ सत्ता समीकरण बनाएकाे होइन । मलाई प्रधानमन्त्रीको इच्छा पनि छैन । यो देशमा केही गरौँ भनेर नयाँ सत्ता समीकरण बनाएकाे हाे ।’

    ओलीले देशमा केही गरौँ भनेर आफूले नेपाली कांग्रेससँग पनि पटक-पटक प्रस्ताव गरेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ