• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसले जारी गर्यो ह्वीप

    1.5K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिदै छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।

    प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गरेका हुन् । कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए ।

    नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धन बनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ