• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    अमेरिकी आक्रमणपछि इरानले इसराइलमा गर्यो जवाफी हमला

    4.3K
    SHARES



    काठमाडौँ । इरानले इसराइलमा आक्रमण गरेको छ। आइतबार राति अमेरिकाले तीन वटा आणविक परियोजना क्षेत्रमा हमला गरेपछि इरानले दिउँसो इसराइलमा जवाफी हमला गर्दै मिसाइल हानेको हो।

    अमेरिकी मिडिया सिएनएनका अनुसार इरानले इसराइलको राजधानी तेल अविभ नजिकै अपार्टमेन्ट भवनहरूमा मिसाइल र ड्रोनले हमला गरेको हो।

    इरानी हमलाबाट त्यहाँका भवनहरू खण्डहरमा परिणत भएको छ। चार तलाका धेरै भवनहरू क्षतिग्रस्त भएको सिएनएनले उल्लेख गरेको छ।अमेरिकाले इरानमा हमला गरेयता इरानले पनि इसराइलमा आक्रमण मिसाइल र ड्रोनले हानिरहेको छ।

    इसराइलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहानदेखिको आक्रमणमा इसराइलमा ८६ जना मानिसहरू घाइते भएका छन्। तीमध्ये ७७ जना मध्यम घाइते छन् । इरानी हमलाबाट क्षतिग्रस्त भवनको भग्नावशेष हटाउन अहिले त्यहाँ ठूला ठूला मेसिन प्रयोग गरिएको छ।

    आइतबार बिहान साढे २ बजे अमेरिकाले इरानमा हमला गरेको थियो। अमेरिकाले नतान्ज, फर्दो र इस्फहानको आणविक परियोजनामा हमला गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आणविक कार्यक्रम ध्वस्त पारिएको दाबी गरेको छ। यसबारे इरानले भने केही प्रतिक्रिया दिएको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ