• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘श्री ५’ को नाममा सूचना-विज्ञप्तिहरू निकाल्ने पूर्वराजाका संवाद सचिव पाठक रिहा

    1.8K
    SHARES



    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर उनलाई कागज गरी परिवारको जिम्मामा छोडेको बताए ।

    पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई यही प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले सोधपुछका लागि बोलाएको थियो । जसअनसुसार शुक्रबार दिउँसो प्रहरीमा उपस्थित भएका उनलाई साँझ प्रक्रिया पूरा गरेर छाडिएको हो ।

    प्रहरीका अनुसार उनले आफ्नो फेसबुकमा पोस्ट गरेका ‘श्री ५’ उल्लिखित मेसेजहरु सम्प्रेषण नगर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै यसरी पोस्ट गरिएको पुराना सूचनाहरु उनले आफ्नो सामाजिक सञ्जालबाट डिलिट गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

    उनले नागरिक हैसियतमा पुगिसकेका पूर्वराजाको विज्ञप्ति निकाल्दा ‘श्री ५’ को हैसियतमा निकाल्दै आएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ