• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    ८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?

    4K
    SHARES



    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।

    जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको. छ। असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

    विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।

    बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।

    यसका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ भने उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ