• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र समाचार

    उडिरहेको प्लेनमा दुवै पाइलट निदाएपछि….

    3.5K
    SHARES

    जर्कार्ता । इन्डोनेसियाको यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले एउटा समाचारमा लेखेको छ ।

    शनिवार राष्ट्रिय यातायात सुरक्षा समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनका अनुसार दक्षिण पश्चिम सुलावेसी प्रान्तबाट राजधानी जाकार्तासम्म जनवरी २५ मा भएको एउटा फ्लाइटमा पाइलट र सह–पाइलट दुवै एउटै समयमा करिब २८ मिनेटसम्म निदाएका थिए ।

    दुवै जना निदाएपछि विमानले बाटो बिराउँदा ‘नेभिगेशन एरर’ भएको थियो । धन्न यस घटनामा विमानभित्र सवार १५३ जना यात्री र चार जना फ्लाइट एटेन्डेन्ट समेत कसैलाई पनि चोट भने लागेन । विमानलाई पनि कुनै क्षति नभएको बताइएको छ ।

    आफ्नो ज्यानलाई आराम नभएको भन्दै सेकेन्ड–इन–कमान्ड पाइलटले को–पाइलटलाई पहिला नै भनेका थिए । उडिरहेको विमानभित्र सेकेन्ड–इन–कमान्ड पाइलट करिब ३० मिनेट निदाए ।

    केन्दारीबाट विमान उडेपछि कमान्डमा रहेका पाइलटले पनि आराम गर्न अनुमति मागे र सेकेन्ड–इन–कमान्ड पाइलटले विमानको कमान्ड हातमा लिए । करिब ९० मिनेटपछि सेकेन्ड–इन–कमान्ड पाइलट पनि निदाए ।

    जाकार्ताको एरिया कन्ट्रोल सेन्टरले विमानसँग सम्पर्क गर्न खोज्दा कुनै पाइलटले जवाफ दिएनन् । अन्तिम ट्रान्समिशन रेकर्ड भएको २८ मिनेटपछि बल्ल कमान्डमा रहेका पाइलट ब्युँझिए अनि विमान गलत बाटोमा गइरहेको महसुस गरे ।

    त्यसपछि उनले को–पाइलटलाई पनि उठाएर र एसीसीसँग कुरा गरे । रिपोर्टमा पाइलटहरूको नाम खुलाइएको छैन । पाइलटहरू दुवै इन्डोनेसियन नागरिक भएको बताइएको छ । एक जनाको उमेर ३२ र अर्को पाइलटको उमेर २८ वर्ष भएको बताइएको छ । सेकेन्ड–इन–कमान्ड पाइलटका एक महिनाका जुम्ल्याहा बच्चा छन् ।

    राति बच्चाको स्याहारका लागि बारम्बार उठ्नुपर्ने भएकोले पनि उनी राम्ररी निदाउन पाएका थिएनन् । यस घटनाबारे छानबिन गरिने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ