• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा जानेबारे निर्णय गर्ने

    1.6K
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ ।

    त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ ।
    सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई बार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिएलगत्तै नेताहरु प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् ।

    एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक रुपले लिएको छ । ‘निम्न विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने, जसमा आर्थिक बृद्धि, राष्ट्रहित, भ्रष्टचार नियन्त्रण, महंगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका एकपटक छलफल गरेरमात्रै निर्णय गर्ने’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ