• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सम्भावित राजनीतिक समीकरणबारे निर्णय लिने अधिकार रवि लामिछानेलाई

    2.2K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

    आज बिहान बसेको पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको महामन्त्री मुकुल ढकालले बताए ।

    ‘राजनीतिमा विकसित घटनाक्रमको सम्भावना देखियो भन्ने सभापतिले ब्रिफिङ गर्नुभयो । हामीले त्यसबारे निर्णय लिने अधिकार सभापतिलाई नै दिएका छौं’, उनले भने ।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउनेबारे पनि सहमति गर्नु पर्ने भएकाले सभापतिलाई त्यसको अधिकार दिएको ढकालले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ