• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओली र रविसहितका नेताहरू प्रचण्डसँग छलफलका लागि एकाएक बालुवाटारमा

    3.1K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू एकाएक बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेको स्रोतले बतायो। आइतबार साँझ बालुवाटारमा प्रचण्डसँग छलफल भएको ओली निकट स्रोतले पुष्टि गर्यो ।

    सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण चर्चा हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ ।

    आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग समेत छलफल गरेको छ ।

    राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नसकिने भन्दै माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएको छ । सोही बुझेर कांग्रेसले टीआरसीको विषयमा अड्को थापिसकेको छ । यस विषयमा छलफलका लागि थप समय चाहिने भन्दै कानुन समितिको बैठकमा थप समय मागेर कांग्रेसले टीआरसी लम्ब्याउने नीति लिएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ