• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    फागुन २१ गते संसदमा उपस्थित भई जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

    7.7K
    SHARES

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई आगामी बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाफ दिन निर्देशन दिएका छन्।

    शुक्रबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै विरोध जनाएपछि सभामुख घिमिरले फागुन २१ गते बस्ने बैठकमा सरकारलाई उपस्थित हुन रूलिङ गरेका हुन्।

    आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा लगायतका प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

    त्यसपछि सभामुख घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न दिए। थापाले बालकुमारी घटनाबारे संसदलाई जवाफ दिन सभामुखले पटकपटक रूलिङ गर्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको बताए।

    सरकारले जवाफ नदिएसम्म संसद अघि नबढ्ने उनले बताए। त्यसपछि राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बोलेका थिए।

    उनले मिटरब्याजी पीडित काठमाडौं आएको, सहकारी पीडितहरू लामो समयदेखि आन्दोलनमा रहेकोदेखि लघुवित्त पीडिहरू संसद भवनभित्र सम्मै पुगेको र दूग्ध उत्पादक कृषकहरू सडकमै रहेको बताए। ती सबै विषयमा सरकार आँखा भएर पनि नदेख्ने, कान भएर नसुन्ने बहिरो भएर बसेको लिङ्देनले बताए।

    ‘संसदमा हामी केबल आवाज उठाएर र कुरा गरेर मात्रै बस्ने यसको अर्थ हुँदैन। सरकारले ठोस जवाफ नदिएसम्म र सरकारको उपस्थिति संसदमा नभएसम्म संसद अगाडि बढाइराख्न कुनै अर्थ छैन,’ लिङ्देनले भने। त्यसपछि विपक्षी दलका सबै सांसदहरू उठे।

    सभामुख घिमिरेले ती विषयहरू आइसकेको र सरकारलाई निर्देशन गरिसकेकाले आसन ग्रहण गर्न आग्रह गरे। प्रतिपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख घिमिरेले फागुन २१ गते बस्ने बैठकमा सरकारलाई उपस्थित हुन रूलिङ गर्न भनेका हुन्। सभामुखको रूलिङपछि संसद बैठक अगाडि बढेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ