• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सूर्य थापालाई रामहरि खतिवडाको प्रश्न: कहाँ पर्ने रहेछ छोरीको नगरपालिका ?

    9.7K
    SHARES

    काठमाडौँ । एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री प्रचण्ड संसद छाडेर छोरीको नगरपालिकामा गएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरे ।

    ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ । म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ? जानकारी पाए म खुसी हुने थिएँ’, उनले भने ।

    भरतपुर भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन जाँदा थापाले प्रचण्ड छोरीको नगरपालिकामा गएको टिप्पणी गरेका थिए । सो क्रममा उनले प्रधानमन्त्री संसदमा नआई हराएको भन्दै खोजी गर्न समेत सभामुखको ध्यानाकर्षण गराएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ