• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने

    1.2K
    SHARES



    काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने निर्णय गरेको छ ।

    सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले चार वटै दलको शीर्ष नेताको उपस्थितिमा अन्तर्क्रिया गर्ने निर्णय गरेको सदस्य देव गुरुङले जानकारी दिएका छन् ।

    ‘बैठकले चैत ३ गते शीर्ष नेताहरूको उपस्थितिमा बृहत् अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । अन्य केही भएको छैन । बाँकी विषय अन्तर्क्रियापछि गर्नेछौँ’, उनले भने । अन्तर्क्रिया कार्यक्रम बौद्धिक वर्ग, नागरिक समाज लगायत सबै पक्षलाई बोलाउने निर्णय भएको उनले बताए ।

    शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले वामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन लचिलो बन्ने, देशव्यापी भित्ते लेखन, ब्यानर प्रचार गर्ने, काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रम गर्ने सहमति भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ