• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जसपा लुम्बिनी प्रदेश कमिटीका अध्यक्षले दिए राजीनामा

    856
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए ।

    उनको राजीनामाले केन्द्र तथा लुम्बिनी प्रदेश कमिटीमा विवाद सुरु भएपछि त्यसको समाधानका लागि सो पार्टीका कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज राज किशोर यादव आज त्यता लागेका छन् ।

    महाधिवेशनको मुखमा पार्टीमा देखिएको विवादलाई समाधान गर्नका लागि कार्यकारिणी सदस्य राज किशोर यादव त्यसतर्फ गएका हुन् ।

    लुम्बिनी प्रदेश कमिटीका एक सदस्यकाअनुसार जसपाका अध्यक्ष यादवले प्रदेश कमिटीसँग कुनै सल्लाह नै नगरीकन मनमौजी ढङ्गले विभिन्न मनोनयन र नयुक्तिहरु गर्ने गरेका छन् ।

    उनले भने, ‘अध्यक्षज्यूले कतिपय यस्ता काम गर्नुभएको छ, जसको जानकारी हामी प्रदेश कमिटीलाई पनि थाहा छैन । त्यही कुरामा चित्त नबुझेर अशोकजीले राजीनामा दिएका हुन् ।’

    यो क्रियाकलापप्रति असन्तुष्ट भएर लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग फोनमा कुरा गरेका थिए । फोनमै दुई जनाबिच चर्काचर्की भएपछि अशोकले राजीनामा दिएका थिए ।

    उनले राजीनामा पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्य रेणु यादव र लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादवको वाट्सएपमा पठाएका छन् । तर हालसम्म उनको राजीनामा भने स्वीकृत भने भएको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ