• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ‘गठबन्धनमा सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल हुन्छ’

    1.5K
    SHARES



    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके .राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन् ।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा चरम निराशा व्याप्त रहेको बताए । उनले भने, ‘म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतै पनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छैन । सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी विरोधी र प्रतिस्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ ।’

    उनले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरूप्रति चर्को उदासीनता सुरु भएको बताए । उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताए ।

    उनले दुई युवाहरू विदेश जान पाउँ भनेर विरोध गर्दा पनि गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा रहेको पनि बताए । उनले शासक नसुध्रिए जंगबहादुरकै हविगत हुने चेतावनी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ