• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गठबन्धनको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु हो : ओली

    1.8K
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्णरूपमा असफल भएको दाबी गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको सम्झिँदै ओलीले सरकारको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको दोहोर्‍याए ।

    सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको उनको टिप्पणी छ । अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क गरेका छन् ।

    केन्द्रीय कमिटी बैठकमा उनले भने, ‘अहिलेको गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजना बन्द छन् । थप कुनै योजना, आयोजना छैनन् । अहिलेको गठबन्धनको उद्देश्य एमालेको विरोध गर्नु, बदनाम गर्नु हो । एमालेको चरित्र हत्या गर्नु हो ।’

    ओलीले थपे, ‘सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ । असन्तुष्टिले आक्रोशको रूप लिइराखेको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ