• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जीबी राई मलेसियामा लुकेको आशंका

    2.1K
    SHARES



    काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल’बाट डिफ्युजन नोटिश जारी भएसँगै प्रहरी उनको निकट पुगेको छ ।

    नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले जीबी लुकेको हुनसक्ने मुलुकको प्रहरी संगठनसँग समन्वय गरिरहेको छ ।

    जीबी मलेशियामा लुकेको आकलन गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्,‘मलेशियामा लुकेको आशंकामा इन्टरपोलसँग समन्वय भइरहेको छ ।’

    अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न ईन्टरपोल मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । डिफ्युजनको आधारमा जीबीलाई ईन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।

    जीबी राईको समूहले हिनामिना गरेको रकमबारे अनुसन्धान गर्न प्रहरीले माघ २४ मा पूर्व डीआईजी छबिलाल जोशीको घरमा संचालित नेचर हब इन्टरनेशनल प्रालिको अफिसमा छापा मारेको थियो ।

    शंखमुलस्थित जोशीको घरबाट बरामद सुर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भरमा करिब १० अर्बको हिसाब भेटिएको छ । पोखरास्थित सुर्यदर्शन सहकारी घोटालाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृत भन्छन्,‘उनीहरुको समूहले घोटाला गरेको अन्य सहकारीको हिसाब पनि सफ्टवेयरमा फेला परेको छ ।’

    प्रहरीले अनुसन्धान शुरु गरेपछि आरोपीहरुले काठमाडौँमा ल्याएर सफ्टवेयर लुकाएर राखेको थाहा भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया