• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गृहमन्त्री लामीछानेले भने- आफूविरुद्ध उजुरी परे राजीनामा दिन्छू

    889
    SHARES



    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध सहकारीका कुनै पनि मुद्दा या उजुरी नै नपरेको अवस्थामा संसदीय समिति बनाउन आवश्यक नै नरहेको बताएका छन् ।

    सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

    उनले सहकारीको रकम हिनामिनामा आफ्नोविरुद्ध कतै पनि मुद्दा दर्तासमेत नभएको भन्दै उजुरी हाल्नासाथ संसदीय समिति बनाउने भएमा राजीनामा दिन आफू तयार रहेको बताए । उनले अहिले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गरे ।

    सहकारी समस्या समाधानका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा सम्पर्कमा नरहेका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता दिने निर्णय गरिसकेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ