• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन बन्यो माछापुच्छ्रे बैंक

    2.3K
    SHARES



    काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ ।

    मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।

    आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुछ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । माछापुछ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

    आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखी बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ