काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताएका छन् ।
आफ्नो अभिव्यक्तिमा अन्कन्ट्रोल मिसाइल प्रहार भएपनि ठिक ठाउँमा ताकेर हान्ने गरेको ओलीको भनाई थियो । ओलीले संसद् वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताए पनि बताए ।
मंगलबार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरेपनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटि नभएको जिकिर गरे ।
ओलीले लोकतन्त्रलाई नेताहरुले भागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पारे । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोही अनुसार अघि बढाउने काम गरिरहेको बताए ।
ओलीले भने,‘मैले संसदमा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु । तर मैले अघि नै भने अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होशियारीका साथ बोल्नुपर्ने रहेछ ।
प्रतिक्रिया