• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    छतबाट खसेर ३७ वर्षका इन्जिनियरको मृत्यु

    1.5K
    SHARES



    पोखरा । पोखरामा निर्माणाधीन होटेलको छतबाट खसेर इन्जिनियरको मृत्यु भएको छ ।

    मङ्गलवार लेक साइडमा निर्माण भइरहेको घरबाट खसेर ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको हो ।

    चिनीमाया भण्डारीको होटेलको पाँचौँ तलाबाट सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर उनी खसेका थिए । गम्भीर घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनी न्युरोडस्थित मुक्ति इनर्जीबाट त्यहाँ खटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको वैदाम प्रहरीले जनाएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया