• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थप्न प्रस्ताव

    1.2K
    SHARES



    काठमाडौँ । ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जना युवकको ज्यान गएको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप गर्न प्रस्ताव गरिएको छ ।

    पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

    आयोगलाई मन्त्रिपरिषद्ले एक महिनामा प्रतिवेदन पेश गर्न कार्यादेश दिएको थियो । तर, समय अपुग भएको भन्दै आयोगको तर्फबाट म्याद थप्नुपर्ने प्रस्ताव आएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताएका छन्  । ती अधिकृतले भने, ‘आयोगको तर्फबाट १५ दिनको समय थप्न प्रस्ताव आएको छ ।’

    सिंहदरबारमा कार्यालय स्थापना गरेर आयोगले पुस २० देखि जाँचबुझ शुरु गरेको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको हो ।

    प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए । सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी परिवर्तन भएका छन् । बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया