• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

    1.1K
    SHARES



    बागलुङ । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् ।

    बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ ।

    कोरियाको वातावरण विभाग अन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्झौतामा हस्ताक्षर गरे । कोरियाली कम्पनीले ‘जिरो वेस्ट म्यानेजमेन्ट’का लागि प्रविधि उपलब्ध गराउने छ ।

    साथै प्राविधिक सीपका लागि पनि तालिम दिने छ । उक्त कम्पनीले फोहर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क सर्भिस दिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक रुपमा ज्ञान दिनेछ । केही समय कोरियाका प्राविधिकले यहीँ आएर मेसिन चलाउने तालिमसमेत दिनेछन् ।

    हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्के नजिकै फोहर फाल्दा दुर्गन्ध फैलिएको छ ।

    दुवै नगरका डम्पिङ साइट सडक छेवैमा छन् । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो । अहिले बानपा-१ को खुर्तुर्के भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदै आइएको छ ।

    कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा डङ्गुर बनेको छ । अब भने नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया