• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिरहाका एसपी र सीडीओ जिम्मेवारीबाट हटाइए

    1.1K
    SHARES



    काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ ।

    मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट हटाइएका छन् ।

    गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे भने बताएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् ।

    गृहमन्त्रीको सचिवालयका एक अधिकारीले अवकाशको एक वर्ष अवधि बाँकी रहेका बेला इञ्चार्ज नदिने नीति अनुसार उनलाई फिर्ता बोलाइएको बताएका छन् । उनले भने, ‘उहाँको ६/७ महिना पनि त्यहाँ पूरा भइसकेको थियो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया