• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    फेसबुकमा नकारात्मक कमेन्ट गर्ने २७ महिलाबिरुद्ध मुद्दा

    6K
    SHARES



    सिकागो । सिकागोका एक पुरुषले फेसबुकमा नराम्रो कमेन्ट गर्ने २७ जना महिलामाथि मुद्दा हालेका छन् ।

    फेसबुकको डेटिङ ग्रुपमा आफ्नोबारे नकारात्मक टिप्पणी गरेको अनि आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै ३२ वर्षका निक्को डी’अम्ब्रोसिओले ती महिलाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

    ‘आर वि डेटिङ द सेम गाय’ नाम गरेको निजी फेसबुक समूहमा आफूबारे महिलाहरूले भद्दा कमेन्ट गरेको उनको तर्क थियो ।

    यो ग्रुपलाई महिलाहरुले पुरुषसम्बन्धी आफ्ना अनुभवहरू साटासाट गर्ने अनि सुझाव माग्न प्रयोग गर्ने गरेका छन् । डी’अम्ब्रोसिओको मामिलामा दर्जनौँ महिलाहरूले अपमानजनक टिप्पणी गरेका थिए । उनलाई चिप्कु अनि आफूले चाहेको कुरा पाएपछि एक्कासि हराउने भन्दै कमेन्ट गरेका थिए । डी’अम्ब्रोसिओले अब आफूबारे नकारात्मक कमेन्ट गरेका महिला र पेजका मोडरेटर र फेसबुकको मातृ कम्पनी मेटाविरुद्ध ७ करोड ५० लाख डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेका छन् ।

    फेसबुक ग्रुपमा एक महिलाले डी’अम्ब्रोसिओबारे एउटा पोस्ट गरिन् । ती महिलाको कमेन्ट आएपछि अन्य महिलाले पनि त्यस्तै खालका कमेन्ट गर्न थाले ।

    ओरिजिनल पोस्ट गर्ने महिलालाई आफूले डेट गरेको डी’अम्ब्रोसिओले स्वीकारेका छन् । तर आफूहरू ‘एक्सक्लुसिभ डेटिङ रिलेशनशिप’मा कहिले पनि नरहेको उनको तर्क थियो । आफ्नो प्रतिष्ठामा ठेस पुर्याउन महिलाले आफूबारे झुठा खबर फैलाएको आरोप उनको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया