• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कैलालीमा मोटरसाइकल दुर्घटना, श्रीमान् श्रीमतीको मृत्यु

    5.1K
    SHARES

    काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

    कैलालीको मोहन्याल गाउँपालिका-७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका-१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनीहरू सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब २ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेका हुन् ।

    नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ