• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News

    बागमतीमा सत्ता गठबन्धनका ४ जना उम्मेदवारले गरे मनोनयन दर्ता

    1K
    SHARES



    काठमाडौँ । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

    सोमवार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट १-१ जनाले मनोनयन दर्ता गरेका हुन् ।

    कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन् ।

    माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ