• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कार दुर्घटनामा दुई युवतीको ज्यान गएपछि…

    9.1K
    SHARES



    पोखरा । गत मङ्सिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार २ जना युवतीको ज्यान गयो । तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो ।

    चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालले दबाब दिइरहेका भन्दै युवतीका आफन्त र शुभचिन्तकले कारवाहीका लागि दबाबमूलक प्रदर्शन गरेका छन् । उनीहरुले अदालत अगाडी धर्ना दिए ।

    पीडकले दण्ड पाउनुपर्ने उनीहरूको माग छ । ‘न्याय किन्ने प्रयास भइरहेको छ । सांसद र नेताहरू लाइन लागेर पीडक छुटाउन आएका छन्,’ उनीहरूले भने, ‘न्याय नमरोस् । मृतकका परिवारलाई कति पीडा भएको छ ? कसले हेर्ने ?’ मृतक दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत थिए ।

    उता जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ ।

    नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ ।

    सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका- ६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबिच भएको झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।

    मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेका स्थानीयले बताएका छन् । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया