• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘लोकतन्त्रप्रति जनतामा असाधारण विश्वास छ’

    1.7K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठुलो चुनौती युवाहरू देशमा नबस्ने समस्या रहेको बताएका छन् ।

    आइतबार पार्टी कार्यालय च्यासलमा झुलाघाट-चिवा भञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आलीले यात्राका क्रममा नेपाली जनतामा लोकतन्त्रप्रति असाधारण विश्वास रहेको भन्दै मध्य पहाडका क्षेत्रमा सबभन्दा ठुलो समस्या बसाइसराई रहेको आफूले पाएको बताए ।

    ‘सबैभन्दा ठुलो समस्या युवाहरू देशमा नबस्ने रहेछ तर लोकतन्त्रप्रति असाधारण विश्वास रहेको पाइएको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘४० प्रतिशत युवाहरु मात्र देखिए । अरू उमेर समूह धेरै देखियो । तैपनि मानिसहरूमा आशावादिता छ । ’

    उनले यात्राका क्रममा आफ्ना धारणाहरु राख्दा कृषिको आधुनिकीकरण र व्यवसायीकरणको कुरा गर्दा जनता आकर्षित भएको बताए । अध्यक्ष ओलीले यात्राका क्रममा आफूहरूले आशा जगाउने काम गरेको पनि बताए । जनताले दिएका माग पत्रबारे के गर्न सकिन्छ भन्नेमा छानबिन भइरहेको भन्दै त्यसबारे आवश्यक कारबाही अघि बढाउने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ