• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारतलाई मन्त्री किराँतीको आग्रह- गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर

    1.5K
    SHARES



    बुटवल । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न भारतलाई आग्रह गरेका छन् ।

    भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत-नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको संकेत गर्दै हवाई रुटमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

    ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम राजदूत मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुनर्विचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ,’ नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसमेत सहभागी कार्यक्रममा मन्त्री किराँतीले भने ।

    मन्त्री किराँतीले नेपाल, दुई ठूला छिमेकी देश भारत र चीन बीचको पक्की पुल बन्न चाहेको पनि बताए । भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको उल्लेख गर्दै उनले साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काबीच इतिहासदेखि नै जोडिएको बताए । ‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो । हाम्री चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो,’ मन्त्री किराँतीले भने ।

    भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतिनाथ र मुक्तिनाथ नआउँदा अधुरो हुने मन्त्री किराँतीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया