• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    उत्तरी गाजाको लडाइँमा मारिए इजरायली क्याबिनेट मन्त्रीका २५ वर्षीय छोरा

    1.7K
    SHARES

    काठमाडौँ। इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा मारिएका छन् ।

    आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन् । बिहीबार उत्तरी गाजामा २५ वर्षीय मेजर गल आइसेनकोटको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । सुरुङमा विस्फोट हुँदा गम्भीर घाइते भएका उनको अस्पतालमै ज्यान गएको हो ।

    शुक्रबार इजरायली सहर हर्जलियामा मेजर गलको अन्त्येष्टि गरिएको थियो । सो अवसरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र नेसनल युनिटी पार्टीका नेता बेन्नी गान्ट्ज बाहेक अन्य धेरै शीर्ष अधिकारीहरु उपस्थित रहेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया