• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फेसबुक, ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र

    809
    SHARES



    काठमाडौँ। एसियन इन्टरनेट कोलिसन (एआइसी) ले नेपालमा डिजिटल प्लेटफर्महरूमा भएको प्रतिबन्धबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ ।

    टिकटक बन्द र सामाजिक सञ्जाल नियमन गर्न ल्याइएको निर्देशिकामा उल्लिखित केही प्रावधानबारे ध्यानाकर्षण जनाउँदै एआइसीले सञ्चारमन्त्री रेखा शर्मालाई पत्र पठाएको हो ।

    उसले डिजिटल प्लेटफर्मलाई लिएर नेपाल सरकारले गरेका निर्णयहरू विश्वव्यापी अभ्यासविरूद्ध रहेको भन्दै त्यसबारे सँगै बसेर छलफल गर्न मन्त्री शर्मासँग अनुरोध गरेको छ ।

    एआइसीमा प्रविधि तथा सञ्चारको क्षेत्रमा काम गर्ने विश्वका प्रतिष्ठित कम्पनीहरू फेसबुक, ट्विटर, अमेजन, एप्पल, बुकिङ डटकम, लिंकडिन, राकुटेन, स्न्यापच्याट, स्पोटिफाइ, याहु लगायत सदस्य छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दूरसञ्चार प्राधिकरणलाई समेत बोधार्थ दिएर पठाइएको पत्रमा एआइसीले मुख्य रूपमा ३ विषयहरू उठाएको छ ।

    सरोकारवालाहरूसँगको छलफलबारे, सामाजिक सञ्जाल नियमन गर्न ल्याएको प्रावधानबारे र टिकटक बन्दबारे । सरकारले सरोकारवालाहरूसँग छलफल नै नगरी सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएकामा एआइसीले ध्यानाकर्षण गराएको हो । एआइसीले डिजिटल प्लेटफर्म, त्यसको सञ्चालन र नियमनबारे सरोकारवालासँग छलफल गर्न सुझाएको छ ।

    ‘एआइसी नीति निर्माणका लागि सबै निकायहरूको सहभागितामा विश्वास गर्छ,’ पत्रमा भनिएको छ, ‘अहिलेकै अवस्थामा एआइसीका सदस्यहरूले उनीहरूका प्लेटफर्म र सेवाहरू नेपाली प्रयोगकर्ता र व्यवसायहरूलाई उपलब्ध गराउन चुनौती छ ।’

    एआइसीका डिजिटल प्लेटफर्म र उनीहरूको सेवाको सहज उपलब्धता चाहेको खण्डमा इन्टरनेट प्रयोगका फाइदा सुरक्षित हुने र त्यसका नकारात्मक पक्षहरूको न्यूनीकरण हुने गरी व्यावहारिक नियम ल्याउन एआइसीले आग्रह गरेको छ ।

    त्यस्तै एआइसीले सामाजिक सञ्जाल नियमन गर्न सरकारले ल्याएको निर्देशिकामा मन्त्रालयमा सामाजिक सञ्जाल दर्ता हुनुपर्ने प्रावधानबारे पनि प्रश्न उठाएको छ । यसले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी निरूत्साहित गर्ने र डिजिटल नेपालको लक्ष्यमा अवरोध हुनसक्ने बताएको छ ।

    साथै, टिकटक बन्द गरेसँगै नेपाल सरकारले अन्य डिजिटल प्लेटफर्म पनि बन्द गर्ने सक्ने भन्दै एआइसीले कानुनी आधारबिना यसरी बन्द गरिनु विश्वव्यापी मान्यताविरूद्ध हुन जाने भन्दै मन्त्री शर्माको ध्यानाकर्षण गराएको छ ।

    यी र यस्ता विभिन्न विषयमा अझै गहिरो गरी छलफल गर्न एआइसीले सरकारलाई सक्दो चाँडो बैठक डाक्न पनि आग्रह गरेको छ । उसले आफूहरू सरकरसँग बसेर छलफल गर्न तयार रहेको पनि भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया