• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, जाजरकोट र रुकुममा क्षति

    3.9K
    SHARES



    काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिएका छन् ।

    जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको मापन केन्द्रले पुष्टि गरेको छ । भूकम्पको धक्का सुदुरपश्चिम र काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

    भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । रुकुमको दार्मा गाउँपालिका ५ भालुखोलामा रामु खड्का र अतिराम वलीले दिएको जानकारी अनुसार अतिराम वली, विरेन्द्र खड्का ,रामु खड्का, धन बहादुर, रीम बहादुर खड्का, दिपेश खड्कालगायतको घरहरु पूर्णरूपमा क्षति भएको खबर छ ।

    यस्तै सिमलनेटा डन्ने टमटा र पाथिहाल्ना हिमबहादुर चन्दको घर, दार्मा ६ भुर्तिवाङमा विजय बस्नेतको घर, ६ गाेठिवन निबासी हरि बहादुर बस्नेत र निम बहादुर बस्नेतकाे घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

    भूकम्पले रुकुम पश्चिमको आठबिकोट नगरपालिका १२ मा ४ जना घाइते भएको अपुष्ट खबर छ। यद्दपी प्रहरीले भने यो कुराको पुष्टि गरेको छैन। थप विवरण प्राप्त हुन सकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ