• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने

    1.9K
    SHARES



    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की शनिबार(भोलि) विश्वासको मत लिदै छन् ।

    मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १ सय ६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले भोलि विश्वासको मत लिन लागेको बताए ।

    उनले विश्वासको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताए  ।

    कार्कीले विश्वासका मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

    उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्थाअनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर नै जाने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ