• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    संकल्प प्रस्ताव पारित भए पनि पद छोड्दिन- मुख्यमन्त्री कार्की

    1.5K
    SHARES



    काठमाडौँ। कोशीका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावकै आधारमा आफूले पद नछोड्ने अडान लिएका छन् ।

    शुक्रबार एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिन माग गर्दै पेश गरेको संकल्प प्रस्तावमाथि जवाफ दिँदै उनले संकल्प प्रस्ताव पारित भए पनि पद नछोड्ने बताएका हुन् ।

    मन्त्री कार्कीले आफू संविधानको धारा अनुसार चल्ने भन्दै आफूलाई पदमुक्त गर्न संकल्प प्रस्तावको बाटो नलिन पनि विपक्षी दलहरूलाई आग्रह गरे ।

    ‘म संविधान मान्ने व्यक्ति हुँ । संविधान मानेर नै मुख्यमन्त्री भएको हुँ । संविधानको धारा भन्दा बाहिर पोखरीतिर जान्न । म संविधानको धारामै बसेर नुहाउछु, संविधानको धारा नै पवित्र छ । संविधानको धाराको पानीले भएन भनेर आहाल बसेको पोखरीको पानी ल्याएर हामी संसद्लाई अपवित्र नबनाऔं, संसदमा किटाणु नछरौं’, मन्त्रि कार्कीले भने । 

    मुख्यमन्त्री कार्कीले आफूलाई पदमुक्त गर्न संकल्प प्रस्तावको बाटो लिनु गलत भएको भन्दै त्यसलाई पोखरीको पानी भनी टिप्पणी गरेका हुन् ।उनले बरु आफ्नो सरकारमा प्रदेशसभामा रहेका सबै दललाई समावेश गरेर सर्वदलीय सरकार बनाउन पनि आग्रह गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ