• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेशसभामा सभामुख चयनका लागि आजै निर्वाचन हुने

    870
    SHARES



    काठमाडौँ। कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् ।

    प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् ।

    सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ। सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ ।

    राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । सभामुखमा बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

    सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ । प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले दलको बैठक जारी छ ।

    नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।

    राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको एक सांसदले बताए । राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत बैठकमा सहभागी थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ