• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    नेपाली दूतावास डेनमार्कद्वारा फिनल्यान्डमा पर्यटन प्रवर्द्धन

    4.4K
    SHARES

    काठमाडौँ । फिनल्यान्डको राजधानी हेल्सिन्कीमा नेपाली दूतावास डेनमार्कको आयोजनामा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

    गत ४ मेमा हेल्सिन्की स्थित नेपाली रेस्टुरेन्ट नमस्ते फिनल्यान्डमा सम्पन्न कार्यक्रममा उल्लेख्य रूपमा विदेशी अतिथिहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सुरुवातमा नेपाली दूतावास डेनमार्कका डेपुटी हेड अफ मिसन तीर्थ अर्यालले अतिथिहरूलाई स्वागत गरेका थिए । उनले पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रममा नेपाल सुरक्षित गन्तव्य रहेको भन्दै सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

    नेपाल बुद्धको देश र नेपाल हेर्नुपर्ने देश भएकाले अतिथिहरूलाई कार्यक्रमको रूपरेखा बनाउन आग्रह गरेका थिए । साथै नेपालको पर्यटनलाई बजारीकरण गर्ने उद्देश्यले नेपालको श्रव्य दृश्य र वृत्तचित्र पनि देखाइएको थियो ।

    नेपाली सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको कार्यक्रममा वृत्तचित्र “Nepal Awaits and Experience Nepal”का साथै अर्को श्रव्य दृश्य सामाग्री नेपाल: A Lifetime Experience प्रदर्शन गरिएको थियो ।

    कार्यक्रम आयोजना गर्न नेपाली दूतावासका डेपुटी हेड अफ मिसन तीर्थ अर्याल र तृतीय सचिव अमृत लोप्चन हेल्सिन्की आइपुगेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरूले नेपाली लोक बाजाहरूको साथमा साङ्गीतिक तथा नृत्य प्रस्तुत गरेका थिए ।

    फिन्निश नेपाली समाजका अध्यक्ष नवीन भट्टराई, एनआरएन फिनल्यान्डका कार्यवाहक अध्यक्ष सुवास रिजाल लगायत नेपालका लागि पूर्व फिनिश राजदूतहरू, स्थानीय सिटी काउन्सिलका प्रतिनिधिहरू सहित थुप्रै विदेशी अतिथिहरूको उपस्थिति रहेको थियो ।

    यसै क्रममा नेपाली दूतावास नेपाली दूतावास डेनमार्कले फिनल्यान्डमा बसोबासरत नेपालीका लागि २ दिने घुम्ती शिविर पनि सञ्चालन गरेको थियो ।

    शिविरमा २ सय २९ जनाले नयाँ आवेदन प्रत्यक्ष दर्ता, नवीकरण, पुरानो आवेदन मार्फत तयारी राहदानी वितरण, वारेस नामा, भिसा जारी तथा परामर्श सेवा लिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ