काठमाडौँ । काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो । इजलासले दाहाललाई पक्राउ गर्नुको कारण माग गरेको हो ।
सरकारकातर्फबाट जबाफ आएपछि अर्को पेसी तोकिने छ । त्यसपछिमात्र अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी हुने या नहुने फैसला गर्नेछ ।
प्रतिक्रिया